मन्त्रालय परिचय

प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०२/०२ को निर्णयानुसार प्रदेश सरकार, बागमती प्रदेश (कार्य विभाजन) नियमावली, २०७४ मा हेरफेर भई युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको हो । मिति २०८१/०४/१२ गते माननीय श्री मीनकृष्ण महर्जनज्यु युवा तथा खेलकुद मन्त्रालयमा नियुक्ति हुनुभएको छ ।

बागमती प्रदेश सरकारको नीति अनुरूप युवा तथा खेलकुद सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन; खेलकुद पूर्वाधारको विकास र प्रवर्द्धन; खेलकुद सम्बन्धी संस्थाको नियमन; प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना; राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता लगायत युवा तथा खेलकुद सम्बन्धी अन्य गतिविधिहरूको यस मन्त्रालयको कार्यजिम्मेवारी भित्र पर्दछ ।

युवा तथा खेलकुद सम्बन्धी गतिविधिहरूको विकास र विस्तारको प्रदेश युवा परिषद् ऐन,२०७६; प्रदेश युवा परिषद् नियमावली, २०७७; प्रदेश खेलकुद विकास ऐन, २०७५ र प्रदेश खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८१ जारी भई कार्यानवयनमा रहेका छन् ।

बागमती प्रदेश स्तरीय युवा तथा खेलकुद सम्बन्धी गतिविधिहरूको प्रभावकारी संचालन तथा व्यवस्थापनका लागि यस मन्त्रालयको अङ्गको रूपमा प्रदेश युवा परिषद्को कार्यालय र प्रदेश खेलकुद परिषद्को कार्यालय बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका छन् ।