प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०२/०२ को निर्णयानुसार प्रदेश सरकार, बागमती प्रदेश (कार्य विभाजन) नियमावली, २०७४ मा हेरफेर भई युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएकोमा र बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को मिति 2083/02/07 गतेको निर्णय अनुसार 2083/04/01 गते देखि साविक युवा तथा खेलकुद मन्त्रालयको काम स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयवाट हुनेगरी कायम भएको। मिति २०८२/०४/०१ गते माननीय श्री कन्चन चन्द्र बादेज्यू स्वास्थ्य तथा सामाजिक विकासमन्त्रालयमा नियुक्ति हुनुभएको छ ।

युवासम्बन्धी प्रदेश नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, खेलकुदसम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन, खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवर्द्बन, खेलकुद प्रशासन र खेलकुदसम्बन्धी संघसंस्थाको नियमन र समन्वय, राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता आयोजना र सहभागि, प्रदेश खेलकुद विकास परिषद् र प्रदेश युवा परिषद्, युवा तथा खेलकुदसम्बन्धी अन्य गतिविधि, गरिबी निवारण सम्बन्धी नीति, कानून, मापदण्ड एवम् योजनाको तर्जुमा, कार्यान्वयन र नियमन तथा अध्ययन, अनुसन्धान, सामाजिक सुरक्षा र संरक्षण र स्वरोजगार एवम् रोजगारमुलक सीप विकास तालिम सञ्चालन गर्ने।

युवा तथा खेलकुद सम्बन्धी गतिविधिहरूको विकास र विस्तारको लागि प्रदेश खेलकुद विकास ऐन, २०७५ र प्रदेश खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८१ जारी भई कार्यानवयनमा रहेका छन् ।

बागमती प्रदेश स्तरीय युवा तथा खेलकुद सम्बन्धी गतिविधिहरूको प्रभावकारी संचालन तथा व्यवस्थापनका लागि यस मन्त्रालयको अङ्गको प्रदेश खेलकुद परिषद्को कार्यालय बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका छन् ।